फोहर बिक्रीबाट २४ लाख आम्दानी
ratopati.com · Wed Jun 17 08:37:11 GMT 2026

तनहुँ । व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी आम्दानी गर्न थालेको छ । नगरपालिकाले विसं २०८२ वैशाख १ गतेदेखि हालसम्म रु २४ लाख ७१ हजार ५५३ आम्दानी गरेको हो ।
फोहरका रुपमा सङ्कलन गरी पुनःप्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार कागजजन्य वस्तु बिक्रीबाट रु छ लाख २३ हजार १६७, प्लाष्टिकजन्य वस्तु बिक्रीबाट रु ११ लाख ९८ हजार ५१२, धातुजन्य वस्तु बिक्रीबाट रु तीन लाख नौ हजार १२५, शिशाजन्य वस्तु बिक्रीबाट रु दुई लाख ७८ हजार ७३६ र लिलामबाट रु ६२ हजार दश आम्दानी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
सरोज गुरागाईं