श्रीलङ्काका व्यवसायीले भने- नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार छौँ
clickmandu.com · Fri Jun 05 13:33:12 GMT 2026

काठमाडौं । श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्नका लागि आफूहरु तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र सिलोन चेम्बर अफ कमर्सबीच भएको छलफलमा दुई देशबीच लगानी प्रवर्द्धनका लागि छलफल हुनुका साथै श्रीलङ्काका व्यवसायीहरुले आफूहरु नेपालमा लगानी गर्न तयार रहेको बताएका हुन् ।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्नका लागि आग्रह गरेका थिए । नेपाल सरकारले जलविद्युत्मा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको बताउँदै सोही अनुरुप खर्बौं रुपैयाँ लगानी आवश्यक भएकोसमेत उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ