स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
nepalnews.com · Wed Sep 09 07:54:35 GMT 2026

खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ। आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो।
नेपाल सरकारले निर्धारण गरेको स्वर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिएकै दिन मङ्गलबार जिल्लाका २०७ जना बालबालिकाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)