बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ (तस्बिरहरू)
ratopati.com · Fri Aug 28 12:46:41 GMT 2026

काठमाडाैँ । एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरू चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घ परिसरमा निर्मित ‘चिस्यान कक्ष’मा राखिएको छ ।
कक्षमा राखिएका शवको अनुहार बाहिरपट्टि डिस्प्लेमा देखाइएका छन् । डिस्प्लेमा देखाइएकाहरू आफ्ना आफन्त हुन्–होइनन् भन्ने पहिचान गर्न यहाँ सयौँको भीड छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)