भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग
ajakoartha.com · Wed Sep 09 07:55:00 GMT 2026

काठमाडौं- भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्। कर्मचारीहरूको तर्फबाट संकलित कुल रु. ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)