खयरघारीमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु
annapurnapost.com · Wed Sep 09 07:59:45 GMT 2026

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गल्छीबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट करिब १५/२० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गल्छी गाउँपालिका-५ सागिनेका मंगले भनिने हरि तामाङ र दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)