हुम्ला–बाजुरा सीमा घटनाबारे गृहले गर्याे छानबिन टोली गठन, सुरक्षा व्यवस्था कडा
ratopati.com · Sun May 24 13:22:54 GMT 2026

काठमाडौँ । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा आइतबार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। मन्त्रालयले छानबिन टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी शीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)