ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत आयात कर घोषणा
ratopati.com · Mon Jul 07 21:06:00 GMT 2025

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्त १ बाट दक्षिण कोरिया र जापानबाट अमेरिका भित्रिने उत्पादनहरूमा २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, आफूले दुवै देशका नेताहरूलाई पत्र पठाएको उल्लेख गरेका छन्। ट्रम्प प्रशासनले विश्वका अन्य मुलुकहरूमाथि पनि यस्तै कर लगाउने तयारी गरिरहेको बताइएको छ, जुन आगामी केही दिनमा औपचारिक रूपमा घोषणा हुने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)