बाजुरा झडपमा घाइतेको उपचार गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता- कारबाही, राहत र क्षतिपूर्तिका लागि पनि पहल
nepalpress.com · Sun May 24 13:29:49 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा भएको झडपमा घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिने र क्षतिपूर्तिको यकिन विवरण आएपछि त्यसको व्यवस्थापनमा समेत सरकार गम्भीर रहने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)