मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणबारे संसद्लाई जानकारी- विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ

barnanmedia.com · Mon Jul 07 21:34:49 GMT 2025

काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्कनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)