उक्त एक नम्बर शैक्षिक क्षेत्रसगँ सम्बन्धित थिएन : महामन्त्री बुर्लाकोटी
nagariknews.nagariknetwork.com · Wed Jun 17 08:55:49 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले आफूले पार्टी अधिवेशनका क्रममा दिएको ‘एक नम्बर थपिने’ भन्ने अभिव्यक्ति विश्वविद्यालय वा शैक्षिक क्षेत्रसगँ सम्बन्धित नभएको बताएका छन्।
बुर्लाकोटीका अनुसार अधिवेशनमा सहभागी कार्यकर्ताले पार्टीमा निरन्तर योगदान गर्ने र पछि ‘ल्याटरल इन्ट्री’ मार्फत आउने व्यक्तिले समान अवसर पाउँदा सबै कार्यकर्ताको मूल्याङ्कन कसरी हुन्छ भन्ने प्रश्न रहेको बताए।
उनले दुई जना समान रूपमा योग्य, इमानदार र सक्षम व्यक्तिमध्ये एक जना पार्टी गतिविधिमा संलग्न नभएको र अर्कोले पार्टीप्रति झुकाव राखेर योगदान गरेको भए छनोटका क्रममा पार्टीले प्राथमिकता दिन सक्ने बताएका थिए।
‘मैले उम्मेदवार छनोट वा टिकट वितरणको सन्दर्भमा पार्टीमा योगदान गरेका साथीहरूलाई एक नम्बर थपिन्छ भन्न खोजेको हो। बाँकी मूल्याङ्कन क्षमता, योग्यता र अनुशासनका आधारमा हुन्छ,’ उनले प्रष्ट पारे।
उनले पार्टीभित्र लामो समयदेखि योगदान गरिरहेका सदस्यहरूमा ‘ल्याटरल इन्ट्री’बाट आएका व्यक्तिले अवसर खोस्ने हो कि भन्ने चिन्ता रहेको बताए।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)