मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक : मुख्यमन्त्री कँडेल

barnanmedia.com · Mon Jul 07 21:39:24 GMT 2025

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताएका छन् । वीरेन्द्रनगरको खानेपानीको सङ्कट घटाउन जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

वीरेन्द्रनगरमा सोमबार आयोजित सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले भने, “वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ, यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्छ ।” मुख्यमन्त्री कँडेलले जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकार बीचको सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)