मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खेर गयो एक वर्ष, बल्ल संविधान संशोधनको बहसमा सत्ता गठबन्धन

barnanmedia.com · Mon Jul 07 21:42:05 GMT 2025

१७ असारमध्यराति कांग्रेस र एमालेबीच सात बुँदे सहमति गरेर गठबन्धन घोषणा गरिएको थियो। एमाले–माओवादी–रास्वपा गठबन्धन भत्किएर पहिलो र दोस्रो दल मिल्नुको मुख्य कारणमा स्थिरता र संविधान संशोधन भनियो। सोही सहमतिका आधारमा असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने, उनी प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ। योबीचमा सरकार ढल्ने हल्ला तीव्र बेगमा चले। तर, पनि कांग्रेस र एमालेबीचको गठबन्धन कायमै छ। ओली सरकार छँदैछ।

तर, सहमतिको मुख्य विषय संविधान संशोधनमा भने कांग्रेस र एमाले मौन रहे। हुन् त सहमति ताका नै विश्लेषकहरुले भनेका थिए, कांग्रेस र एमाले संविधान संशोधनका लागि एक भएका होइनन्, केही मुद्दा भन्नु पर्ने भएकाले बाहिर देखाएका मात्र हुन्। खासमा सत्ताका लागि मात्र हो।’ हुन् पनि त्यस्तै देखियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)