मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डिभिजन वनद्वारा साढे नौ लाख बिरुवा वितरण गरिँदै

barnanmedia.com · Mon Jul 07 21:50:47 GMT 2025

जिल्लास्थित डिभिजन वन कार्यालय जलेश्वरले करिब नौ लाख ४० बिरुवा वितरण गर्ने भएको छ । कार्यालयका प्रमुख अजयकुमार मिश्रका अनुसार जिल्लामा ‘हरियाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नौ लाख ४० हजार बिरुवा वितरण गर्न लागिएको हो ।

उहाँले जिल्लाका १५ वटा पालिकाका किसान र इच्छुक सङ्घसंस्था, स्कुल, कलेज, प्रहरी, आर्मी तथा कृषि वन र निजी वनका लागि बिरुवा वितरण गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि कार्यालयले इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई पायक पर्नेगरी विभिन्न २० स्थानमा बिरुवा उत्पादन गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)