मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसबाट प्रत्यक्ष जित्ने महिला गुरुङ मात्रै

ekantipur.com · Sat Nov 26 18:07:07 GMT 2022

तेह्रथुम — तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् । ४५ वर्षीया गुरुङ एमालेका अध्यक्ष विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी हुन् । पराजित सुब्बा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष हुन् ।

सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएकी गुरुङले १९ हजार ७ सय २ भोट पाएकी छन् । एमालेका सुब्बाको पक्षमा १८ हजार ६ सय २३ मत मात्र खसेको छ । सुब्बा ०४८ र ०५६ मा प्रत्यक्ष निर्वाचित र ०७४ का समानुपातिक सांसद हुन् । गुरुङ भने ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्य थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भइसकेकी छन् । गुरुङ ०७४ को आम निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)