बालेन सरकारलाई ब्रिफिङ: स्ल्याब नचलाई कर छुट दिएर यसरी बढाउन सकिन्छ एग्रिगेड डिमान्ड
clickmandu.com · Sun May 24 13:36:25 GMT 2026

नेपालको अर्थतन्त्र हाल न्यून आर्थिक वृद्धिदर र सुस्त आन्तरिक मागको चक्रमा फसेको छ । सरकारको तथ्यांक अनुसार नै हेर्ने हो भने पनि निर्माण, उत्पादनमूलक उद्योग र थोक तथा खुद्रा व्यापार, पर्यटनजस्ता प्रमुख क्षेत्रहरूको वृद्धिदर उत्साहजनक छैन । बैंकहरूमा अधिक तरलता (झन्डै ६–७ खर्ब रुपैयाँ) भए पनि समग्र माग खुम्चिनुको प्रभावस्वरुप निजी क्षेत्रबाट कर्जाको माग नहुनुले लगानीकर्ताको आत्मविश्वास कमजोर रहेको र बजारमा वस्तु तथा सेवाको खपत घटेको संकेत गर्दछ ।
हालको स्थिति कसरी सिर्जना भयो ? भन्ने बुझ्न केही वर्षअघि सरकारले अंगिकार गरेको नीति पलटाउनुपर्ने हुन्छ। बाह्य क्षेत्रको दबाब (विदेशी मुद्रा सञ्चितिमा आएको ह्रास) व्यवस्थापन गर्न लिइएका नीतिगत कदमलाई अर्थतन्त्रका जानकारहरुले माग संकुचनको मुख्य कारण मानेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)