स्वास्थ्य बीमामा नयाँ व्यवस्था - साउन १ गतेदेखि आफू बसेकै ठाउँबाट सेवा लिन सकिने
Ujyaaloonline.com · Mon Jul 07 23:04:29 GMT 2025

स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो एवम् प्रभावकारी बनाउने उद्देश्यले आउँदो आर्थिक वर्षको शुरूदेखि नै लागू हुने गरी केही सुधारहरू गरिएको छ । अहिलेसम्म बीमित व्यक्तिलाई तोकिएको एउटै प्रथम सेवा विन्दुबाट मात्र सेवा लिनुपर्ने बाध्यता छ । तर अबदेखि बीमितहरूले देशभर बोर्डमा आबद्ध जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन् । यो व्यवस्था यही साउन १ गतेदेखि लागू हुँदैछ । यसले विशेषगरी आफू बसोबास गरेको ठाउँबाट टाढा रहेका नागरिकलाई सहज हुने छ ।
सरकारले सङ्घ, प्रदेश र पालिकामा सरकारी स्वास्थ्य संस्थाहरूको सङ्ख्या बढेसँगै सार्वजनिक संस्थालाई प्राथमिकता दिने नीतिगत निर्णयका रूपमा लिएको छ । अब निजी अस्पतालहरूले रेफर गरिएका बीमितहरूलाई मात्र सेवा दिनेछन् । साथै आकस्मिक सेवाबाहेक विशिष्टीकृत उपचारका लागि पहिलेको जस्तै रेफर आवश्यक पर्नेछ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी यो व्यवस्था गरिएको हो । काठमाण्डौ उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल, टेकु, कान्ति बाल अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र र ट्रमा सेन्टरलाई विशिष्टीकृत सेवामा राखिएको छ । उपत्यकाबाहिरको सूची छिट्टै सार्वजनिक गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)