सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु
gorkhapatraonline.com · Sun May 24 13:40:55 GMT 2026

सिन्धुलीको सुनकोसी गाउँपालिका–५ सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–४ घर भई हाल वडा नं. ३ बोहोरेटार बस्दै आएका दलबहादुर पुलामी मगरका ९ वर्षीय छोरा सफल पुलामी मगर र सोही ठाउँ बस्दै आएकी सरिता विकका १० वर्षीय छोरा युकेस विक हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजयकुमार कुशवाहाका अनुसार अपराह्न करिब ३ बजे स्थानीय गोठालाले नदीको छुट्टिएको सानो भँगालो किनारमा दुई बालक नुहाइरहेको देखेका थिए । त्यसको केही समयपछि एक जना बालक पानीमा डुबेको र अर्का एक जना बगेजस्तो देखिएपछि तत्काल प्रहरी चौकी सित्खा (रामेछाप) मा खबर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)