उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद धिताल
nepalsamaya.com · Wed Sep 09 08:24:43 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ १० गते रसुवामा भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो जनधनको क्षति भएको बताइन्। सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब ४ हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको उनले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)