टीडीसीले नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने
baahrakhari.com · Wed Jul 30 17:33:08 GMT 2025
काठमाडौं । ललितपुरको धापाखेलमा अवस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी)ले नेपाल स्कुल फुटबल लिग सञ्चालन गर्ने भएको छ । नेपाल स्कुल फुटबल लिग ‘टीडीसी’को प्राविधिक सहयोगमा सञ्चालन हुने यो लिग साउन १७ गतेदेखि सुरु हुनेछ । जसमा विद्यालय तहका विभिन्न टोलीहरूको सहभागिता रहनेछ ।
नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर नपाएको अवस्थालाई मध्यनजर गर्दै लिग सञ्चालनको तयारी गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका प्रतिष्ठित विद्यालयहरूको यू–१८ उमेर समूहका खेलाडीहरूको सहभागिता रहनेछ । लिग प्रणालीमा आयोजना गरिने प्रतियोगिता राउन्ड रोबिन लिग चरणमा सम्पन्न गरिनेछ भने शीर्ष चार स्कुलले प्लेअफ चरण खेल्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)