हुम्ला–बाजुराको सीमामा विवाद : घटनाको छानबिनका लागि गृह मन्त्रालयले बनायो समिति
annapurnapost.com · Sun May 24 13:40:46 GMT 2026

काठमाडौं : गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्ने भएको छ। गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेका अनुसार प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको हो।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको आकस्मिक बैठकले उक्त छानबिन टोली गठन गरेको सहसचिव आनन्द काफ्लेले बताए। टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)