आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
rajdhanidaily.com · Wed Sep 09 08:28:46 GMT 2026

लमजुङ । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । प्रत्येक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ । आधुनिकताको आकर्षणसँगै देशकै पहिचान त्यस्ता पुराना घुमाउने घर भत्काइँदैछ । त्यस्ता घर अहिले जिल्लामै औँलामा गन्न सकिनेछ ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए । अहिले भने त्यस्ता मौलिक घर एउटामात्र बाँकी छ । करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयका रूपमा रुपान्तरण गरिएको छ । त्यस सङ्ग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्ने, तस्बिर खिच्ने र गाउँको मौलिकता नियाल्ने गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)