युक्रेन युद्धबिच कजानमा पुटिन-आसियान बैठक
gorkhapatraonline.com · Wed Jun 17 09:14:49 GMT 2026

युक्रेन युद्ध अन्त्य गर्न पश्चिमी मुलुक, विशेष गरी जी-७ ले रुसमाथि दबाब बढाइरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणपूर्वी एसियाली राष्ट्रको शिखर सम्मेलन आयोजना गर्दै मस्कोको एसियासँगको सम्बन्ध विस्तारको सङ्केत दिनुभएको छन् ।
मध्य रुसको तातारस्तान राजधानी कजानमा बुधबारदेखि सुरु भएको सम्मेलनमा आसियानका नेतालाई स्वागत गर्दै पुटिनले पश्चिमी प्रतिबन्ध र युद्धको दबाबबिच रूसको कूटनीतिक तथा आर्थिक ध्यान एसियातर्फ मोडिएको स्पष्ट सन्देश दिनुभयो । फ्रान्समा सम्पन्न जी-७ शिखर सम्मेलनमा युक्रेन र मध्यपूर्व युद्ध अन्त्यका विषयमा मुख्य छलफल भइरहेका बेला यो बैठकलाई रणनीतिकरूपमा महत्त्वपूर्ण मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भ्लोदोमिर जेलेन्स्की
डोनाल्ड ट्रम्प