कोहलपुर गोल्डकपको उपाधि रेसिङ साहारालाई
gorkhapatraonline.com · Sat May 09 16:57:14 GMT 2026
कोहलपुर गोल्डकपको चौथो संस्करणको ट्रफी आयोजक कोहलपुर रेसिङ साहारा क्लबले उचालेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३ को विरूद्ध ४ गोलले हराउँदै रेसिङ साहाराले ट्रफी उचालेको हो ।
कोहलपुर–२ स्थित फुटबल मैदानमा सम्पन्न फाइनल खेल ट्राइब्रेकरमा पुगेको थियो । निर्धारित समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)