काठमाडौँको सडकमा भारतीय गाडीको हर्कत, झ्यालमै भित्री वस्त्र सुकाएपछि ‘सिभिक सेन्स’ को प्रश्न
techpana.com · Sat May 09 17:24:14 GMT 2026

काठमाडौँ । राजधानी काठमाडौँको व्यस्त सडकमा गुडिरहेको एक भारतीय नम्बर प्लेटको कारको झ्यालमा भित्री वस्त्र सुकाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको पुरानो बानेश्वर क्षेत्रमा देखिएको ‘यूपी ७९ एबी ८७४७’ (UP79AB8747) नम्बरको उक्त गाडीको दृश्यलाई लिएर अहिले सामाजिक सञ्जालमा ‘नागरिक चेतना’ (सिभिक सेन्स) को विषयमा बहस भइरहेको छ ।
टिकटकमा जेनिथ श्रेष्ठ (@shazenith) नामक प्रयोगकर्ताले बिहीबार ‘ भारतीय नम्बर प्लेटको गाडीको चर्तिकला ’ क्याप्सन राख्दै उक्त भिडिओ सुरुमा पोस्ट गरेका थिए । त्यसलगत्तै यो भिडिओ फेसबुक, इन्स्टाग्राम, एक्स, रेडिट लगायतका प्लेटफर्ममा फैलिएको छ । भारतमा टिकटक प्रतिबन्धित भएकाले धेरै नेपाली प्रयोगकर्ताले यसलाई फेसबुक र इन्स्टाग्राममार्फत भाइरल बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)