मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा ४१ करोड ११ लाख बजेट
onlinekhabar.com · Wed Jun 17 09:18:36 GMT 2026

३ असार, काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथि उठेका विषयको उत्तर दिँदै उनले वन्यजन्तुका कारण प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी हुन् ।
मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगर गोही, अजिङ्गर, बाँदर, बँदेल तथा नीलगाईसहित १६ प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ