आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै
reportersnepal.com · Wed Sep 09 08:39:50 GMT 2026

लमजुङ, २४ भदौ । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे । प्रत्येक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ । आधुनिकताको आकर्षणसँगै देशकै पहिचान त्यस्ता पुराना घुमाउने घर भत्काइँदैछ । त्यस्ता घर अहिले जिल्लामै औँलामा गन्न सकिनेछ ।