प्रिमियर लिगः ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको ३–० को सहज जित
ratopati.com · Sat May 09 18:39:55 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको उक्त खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सिटीले आक्रामक खेल पस्कियो । खेलको ६० औँ मिनेटमा जेरेमी डोकुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । ७५ औँ मिनेटमा अर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा ओमार मार्मुशले गोल गरेपछि म्यानचेस्टर सिटीले ३–० को सहज जित सुनिश्चित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)