विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
ratopati.com · Wed Jun 17 09:30:29 GMT 2026

काठमाडौँ । युनिसेफको एक प्रतिवेदनअनुसार विश्वभरका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु प्रकोपबाट प्रभावित भइरहेका छन् । साथै हरित गृह ग्यास उत्सर्जनलाई तत्काल घटाइएन भने स्थिति अझ बिग्रिन सक्ने चेतावनी दिइएको छ ।
मङ्गलवार प्रकाशित उक्त प्रतिवेदनले जलवायु खतराहरूले बालबालिकामाथि बहुआयामिक जोखिम सिर्जना गरेको चेतावनी दिएको छ । विश्वका करिब आधा बालबालिका एकै पटक कम्तीमा तीन वटा जलवायु खतराको प्रभावमा रहेको उल्लेख गर्दै यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनरक्षामा जोखिम बढाएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)