मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन कानून तर्जुमा हुँदैछ : मन्त्री तिमिल्सिना

annapurnapost.com · Wed Jun 17 09:23:55 GMT 2026

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप भएको भन्ने सांसदहरुको प्रश्नमा सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको जवाफ दिएका हुन् ।

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कुनै पनि क्रियाकलापलाई सहन तयार नरहेको र कसैले प्रेस स्वतन्त्रतामाथि कुनै कदम उठाएको भए सरकार त्यसका विरुद्ध काम गर्न तयार रहेको प्रतिबद्धता समेत जनाए । आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन नीतिगत तथा कानुनी सुधारका लागि ऐन कानुनमा समसामयिक संशोधन गर्न तथा नयाँ कानून तर्जुमा गर्ने काम सुरु भइरहेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय