भारतमा युवतीको पेटबाट निस्कियो कपालको १.१६ किलोको डल्लो
ratopati.com · Wed Sep 09 08:41:44 GMT 2026

नयाँ दिल्ली । भारतको दिल्लीस्थित द्वारकाको मणिपाल अस्पतालमा चिकित्सकहरूले २० वर्षीया एक छात्राको पेटबाट करिब १.१६ किलो तौलको कपालको डल्लो निकालेका छन् । ती छात्राले करिब ११ वर्षदेखि आफ्नै कपाल खाइरहेकी थिइन् । केही दिनदेखि पेटमा असह्य पीडा, वाकवाकी र बान्ताको समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । लामो समयदेखि राम्रोसँग खाना खान नसकेपछि युवतीको तौल घट्दै गएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले उनको पेटमा कडा गाँठो जस्तो महसुस गरे । त्यसपछि गरिएको एन्डोस्कोपीमा पेटभित्र ठूलो मात्रामा कपाल जम्मा भएको पत्ता लागेको थियो । चिकित्सकसँगको कुराकानीमा छात्राले आफूले बाल्यकालदेखि नै कपाल खाने गरेको बताएकी थिइन् । वर्षौंसम्म कपाल निल्दै गएपछि ती कपाल पेटमा जम्मा भएर ठूलो डल्लो बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)