लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
ratopati.com · Fri Jun 05 13:42:05 GMT 2026

काठमाडौँ । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित १० जना काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। जेठ २० देखी २२ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए।
कारोबारीहरूको साथबाट प्रहरीले ३ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका ३० वर्षीय आयुष श्रेष्ठ, बारा घर भएका २३ वर्षीय निराजन कुमार, काठमाडौँ–१९ घर भएका ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहट घर भएकी १९ वर्षीया सेजल जैसवाल, दोलखा घर भएका २१ वर्षीय सागर शिवाकोटी, बारा घर भएका २४ वर्षीय कैमुलाह खान र भक्तपुर घर भएका ३५ वर्षीय भगवान थापा मगर छन् ।
त्यस्तै, सिरहाको कर्जन्हा घर भएका २० वर्षीय चेत नारायण ठाकुर, काठमाडौँ महानगरपालिका–१६ घर भएका ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ को कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)