टेबलटेनिस च्याम्पियनसिप : नेपाल शीर्ष स्थानमा
baahrakhari.com · Wed Jul 30 17:51:47 GMT 2025
काठमाडौं । नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले तीन खेल खेलेकोमा सबैमा जित रच्यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलंकालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्यो । नेपालले अन्तिम दिन बिहीबार भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)