नयाँ सरकारले पनि काम भन्दा कुरा मात्रै गर्यो - अध्यक्ष डाँगी
arthasansar.com · Wed Sep 09 08:47:39 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहान कुमार डाँगीले नयाँ सरकारले पनि काम गर्नुको साटो कुरा मात्रै गरेको बताएका छन् । अर्थसंसारको अर्थ बहसमा कुरा गर्दा अहिलेको नयाँ सरकारले पनि पुरानाको जस्तो कुरा मात्रै गरेको र कार्यान्वयन नगरेको आरोप लगाएका हुन् ।
पहिलेका सरकारले पनि कुरा गर्ने र कार्यान्वयन नगर्ने गरेको भन्दै अहिलेको पनि अवस्था उस्तै रहेको उनको भनाइ छ । सरकारले बजेट मार्फत १० मेगावटसम्मको आयोजनाको पीपीए तुरुन्तै गर्ने भनेको भए पनि अहिलेसम्म कुनै पनि कम्पनीको पीपीए हुन नसकेको उनले बताए । ‘बजेटमा सरकारले १० मेगावटसम्मका आयोजनको पीपीए तुरुन्तै गर्ने भनेको थियो । तर, अहिलेसम्म पनि एउटाको पनि पीपीए हुन सकेको छैन् । यो अवस्थामा नयाँ र पुरानाको फरक महशुस गर्न सकिएन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)