राति जंगलमा लगेर खुकुरी देखाउँदै युवतीलाई यातना दिएको आरोपमा २४ वर्षीय युवक पक्राउ
barnanmedia.com · Wed Jun 17 09:39:07 GMT 2026

दाङमा खुकुरी देखाउँदै युवतीलाई कुटपिटसहित यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका प्रहरीले जनाएको छ।
उनले तीन महिना अघि नै एक युवतीलाई राति जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको खुलेको छ।
उक्त भिडियो मंगलबार बेलुका २०: ३० बजे मगरले आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनलाई घरबाटै पक्राउ गरेको हो।
उनको साथबाट विभिन्न लागू औषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस क्रममा तुलसीपुर २ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)