मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मानवीय सहायता प्रस्तावबारे अमेरिका र क्युबाबीच मतभेद

barnanmedia.com · Sat May 09 21:15:00 GMT 2026

क्युबाले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले व्यक्त गर्नुभएको मानवीय सहायता प्रस्तावसम्बन्धी दाबीलाई अस्वीकार गरेको छ । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाले क्युबालाई १० करोड अमेरिकी डलर बराबरको सहायता प्रस्ताव गरेको भन्ने अभिव्यक्ति तथ्यसँग मेल नखाने बताउनुभएको छ ।

हवानाबाट सार्वजनिक गरिएको प्रतिक्रियामा विदेशमन्त्री रोड्रिगेजले सामाजिक सञ्जालमार्फत अमेरिकी भनाइप्रति असहमति जनाउँदै अमेरिकाले आफ्नो नीतिलाई उचित देखाउन यस्ता अभिव्यक्ति दिएको टिप्पणी गर्नुभएको छ । उहाँले अमेरिकाले क्युबामाथि वर्षौंदेखि लागू गर्दै आएको आर्थिक प्रतिबन्धका कारण देशले गम्भीर आर्थिक तथा मानवीय चुनौती सामना गरिरहेको उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)