शोधपत्र लेख्ने विद्यार्थीलाई पालिकाले २५ हजार सहयोग गर्ने
ekantipur.com · Sat Dec 07 16:34:11 GMT 2024
सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर तहमा शोधपत्र लेख्ने विद्यार्थीलाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । पालिकाभित्रका विद्यार्थीको उच्च शिक्षालाई प्रोत्साहन गर्न यस्तो सहयोग गर्न लागिएको पालिकाले जनाएको छ ।
शोधपत्र सहयोगमार्फत स्थानीय अनुसन्धान र ज्ञानको विकासलाई अगाडि बढाउने उद्देश्य अनुरूप कार्यपालिका बैठकबाट २५ हजार सहयोग गरिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता फौदबहादुर बस्नेतले बताए । शोधपत्र लेख्दा पालिकाभित्रकै विषयलाई उठान गरिनुपर्ने उनले जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)