सुजिता हत्याकाण्डका १० आरोपीलाई सफाइ
rajdhanidaily.com · Sun May 24 14:14:53 GMT 2026

जलेश्वर । महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ ।
महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिनुभएको हो । व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा आरोपीहरुमध्ये कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहमद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
मधेस प्रदेश
राष्ट्रिय परीक्षा बोर्ड