मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आजको मौसम : उच्च पहाडी भुभागमा हिमपात हुने

lokaantar.com · Thu Dec 29 01:03:59 GMT 2022

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक असर कायमै रहेकाले तापक्रम घट्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम घट्नेक्रम अझै निरन्तर रहने हुनाले चिसोसँग बच्न सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार २४ घण्टामा प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा सामान्यतः मौसम सफा रहने छ । आज बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यस्तै, तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागी जनजिवन प्रभावित हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)