मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेलाले कृषि उपज बजारीकरण गर्न सहज

barnanmedia.com · Sat May 09 22:36:29 GMT 2026

पाँचखाल नगरपालिकाले ‘कृषि–सहर’को नारालाई सार्थकता दिन कृषि उपजको प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने कृषि मेलाको आयोजना गरेको छ । नगर कार्यालयले लवग्रिन नेपालसँगको सहकार्यमा आयोजना गरेको सो मेलामा करिब २० हजारले अवलोकन गरेको बताइएको छ ।

नगरले लवग्रिनसँग समन्वय गरी आयोजित मेलामा कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य छ । उक्त मेलामा आइपीएम प्रविधिबाट उत्पादन भएका कृषि उपजको प्रदर्शनी तथा बिक्री, बाली शिविर सञ्चालन, कृषि उपजको प्रतिस्पर्धात्मक कार्यक्रमसेमत सञ्चालन गरिएको थियो । मेलाको नगरप्रमुख महेश खरेलले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)