मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

barnanmedia.com · Sat May 09 22:44:14 GMT 2026

विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो ।

भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)