हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा विवाद घटना: गृह मन्त्रालयले बनायो छानबिन टोली
barnanmedia.com · Sun May 24 14:24:31 GMT 2026

हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले छानबिन टोली गठन गरेको छ। गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोकजत्वमा छानबिन टोली गठन गरेको हो।
टोलीलाई तत्कालै कार्यस्थलमा खटि र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए।
उनका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली घटनास्थल परिचालन गरिसकिएको छ।
‘सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्त्रि सुव्यवस्थालाई थप मजबुत बनाउन मन्त्रालयले जिल्ला सुरक्षा सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत निर्देशन दिइसकिएको छ,’ गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
साथै स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन पनि दिएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)