मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सुरक्षा कोषमा जोडिँदै अनौपचारिक क्षेत्रका श्रमिक

ratopati.com · Wed Jun 17 10:00:47 GMT 2026

पाेखरा । गण्डकी प्रदेशका चार स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएका छन् । दुई वर्षअघि स्याङ्जाको फेदीखोला गाउँपालिकाले गण्डकीमा पहिलोपटक अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराएको थियो।

अहिले स्याङ्जाकै बिरुवा, बागलुङको ताराखोला र तनहुँको म्याग्देसमेत गरी अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्थानीय तहको सङ्ख्या चार पुगेको छ । सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालका अनुसार फेदीखोलाका ९९, म्याग्देका एक सय, ताराखोलाका ५६ र बिरुवाका ३८ अनौपचारिक क्षेत्रका श्रमिक कोषमा जोडिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)