मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने भएपछि हट्यो संसद्को अवरोध

lokaantar.com

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब १ घण्टापछि सुचारू भएको छ ।

आजको दोस्रो बैठकको कारबाही शुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

तर सभामुख डीपी अर्यालले शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ मन्त्रीलाई दिन निर्देशन दिइसकेकाले आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

साथै मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने सभामुखले जानकारी गराएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो आसनमा बसेका थिए ।

त्यसपछि बैठक सुचारू भएको हो ।

अहिले मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ ।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार विरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)