विपद्मा महिला–बालबालिकाको सुरक्षा र गरिमालाई प्राथमिकता दिन सरकारसँग धितालको माग
barnanmedia.com · Wed Sep 09 09:04:53 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ दस गते रसुवामा भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो जनधनको क्षति भएको बताइन् । सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब चार हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)