कार र मोटरसाइकल ठोक्किँदा आगलागी, दुवै सवारी साधन क्षतिग्रस्त
gorkhapatraonline.com · Wed Jun 17 10:07:09 GMT 2026

बाँकेको कोहलपुरस्थित एनटिभी रोडमा बुधबार कार र मोटरसाइकल एकापसमा ठोक्किएर विद्युत्को पोलमा ठोक्किँदा दुवै सवारी साधनमा आगलागी भएको छ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक गोविन्द उपाध्याय घाइते हुनुभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । भीषण गर्मीका समयमा गुडिरहेका इभी (विद्युतीय) कार र मोटरसाइकल ठोक्किँदा दुवै सवारी साधनमा आगो सल्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)