मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले ६२ जिल्लामा हुलाकबाट जनताको घर-घरमा सेवा दिन थालिसक्यो : सञ्चारमन्त्री तिमिल्सिना

nepalpress.com · Wed Jun 17 10:08:23 GMT 2026

काठमाडौं । सञ्चारकर्मी डा. विक्रम तिमिल्सिनाले सरकारबाट उपलब्ध हुने वस्तु तथा सेवा जनताको घरदैलोमै पुर्‍याउनको लागि हुलाक सेवालाई छिटो, छरितो, प्रविधिमैत्री एवं चुस्त बनाउँदै लगिएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूको उठाएको प्रश्नको जवाफ दिँदै ६२ जिल्लामा हुलाक कार्यालयहरू मार्फत जनताको घर–घरमा नै सेवा दिन सुरु गरिएको बताए ।

उनले भने, ‘आगामी आर्थिक वर्षमा थप ५० वटा स्थानीय तहका हुलाक कार्यालयहरूमा आधारभूत सूचना प्रविधि पूर्वाधारको व्यवस्था गर्न २ करोड ५० लाख विनियोजन गरिएको छ । साथै, हुलाकको आधुनिकीकरणको लागि सरकारले नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्टको बजेट पनि खर्च गर्ने कुरा जानकारी गराउन चाहन्छु।’

हाल नागरिकका राहदानी, सवारी चालक अनुमतिपत्र, लालपुर्जा, प्रयोगशालाका नमुना, राष्ट्रिय वाणिज्य बैङ्कको एटीएम, स्वास्थ्य बीमा बोर्डका सामग्री, राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका सामग्रीहरू, चिठ्ठीपत्रहरू लगायत कागजातहरू ढुवानी हुलाक मार्फत गर्दै आइएको बताए ।

उनले भने, ‘नेपालभित्र हवाई सेवा पुगेका जिल्लामा द्रुत डाक सेवाविस्तार भएको छ भने विभिन्न ३९ देशसँग वैदेशिक द्रुत डाक सेवा र ७१ देशका ९३ गन्तव्यमा पार्सल सेवा सञ्चालनमा छन् । हुलाक सेवाको पुनर्संरचना मार्फत मौजुदा साधन स्रोतको पूर्ण क्षमतामा परिचालन गर्दै नयाँ व्यावसायिक ढाँचामा लैजाने तयारी गरिएको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)