हराउँदै नेपाली मौलिक शैलीको ‘घुमाउने घर’
nepalnews.com · Wed Sep 09 09:18:04 GMT 2026

लमजुङ । केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे। प्रत्येक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ। आधुनिकताको आकर्षणसँगै देशकै पहिचान त्यस्ता पुराना घुमाउने घर भत्काइँदैछ। त्यस्ता घर अहिले जिल्लामै औंलामा गन्न सकिनेछ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए। अहिले भने त्यस्ता मौलिक घर एउटा मात्र बाँकी छ। करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयका रूपमा रुपान्तरण गरिएको छ। त्यस सङ्ग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्ने, तस्बिर खिच्ने र गाउँको मौलिकता नियाल्ने गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)