सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने
gorkhapatraonline.com · Wed Sep 09 09:23:10 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदका समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एक ढिक्का भएर उभिन आह्वान गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउँदै सभापति लामिछानेले प्रियजन गुमाएकाले राज्यले केही गरेन भनेर गर्ने गुनासालाई अन्यथा लिन नमिल्ने पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)