१५ वर्षपछि हेटौँडा कपडा उद्योगमा नयाँ आशा !बालेन सरकारको घोषणा 'यसै वर्षबाट सञ्चालनमा ल्याउँछौँ'
barnanmedia.com · Wed Jun 17 10:10:51 GMT 2026

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई सरकारले यसै वर्षभित्र पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले प्रतिनिधिसभामा बोल्दै रुग्ण उद्योगहरू पुनर्जीवन अभियानअन्तर्गत हेटौंडा कपडा उद्योगलाई पहिलो प्राथमिकतामा राखिएको बताएकी छन्।
मन्त्री कुमारीका अनुसार हेटौंडा कपडा उद्योगसँगै बुटवल धागो उद्योग र कपास खेती कार्यक्रमलाई पनि एकैपटक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। यसले स्वदेशी उत्पादन, रोजगारी सिर्जना र औद्योगिक पुनर्जागरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)